हिमाचलमा पुल भाँचिदा ९ पर्यटकको मृत्यु

   ११ श्रावण २०७८, सोमबार १३:३७  

११ साउन, रौतहट । भारतको हिमाचल प्रदेशको किन्नौर जिल्लमा पहिरो परेपछि तीव्र गतिमा ढुङगाहरु खस्न थाले, उक्त ढुङ्गा खसेको कारण बस्पा नदीमा बनेको पुल भाँचियो जस कारण ९ पर्यटकको घटना स्थलमै मृत्यु हुन पुग्यो ।

यस घटनामा परि ९ जना पर्यटकले ज्यान गुमाए भने ३ जना गम्भीर रुपमा घाइते भएका छन् । घटनामा ज्यान गुमाउने ४ जना राजस्थान। २ जना छत्तीसगढ र एक महाराष्ट्रका हुन भने एक जना पश्चिम दिल्लीका रहेका छन् । एक मृतकको पहिचान हुन सकेको छैन ।

पर्यटक सवार एचआर ५५ एजी ९००३ नम्बरको गाडी छितकुलबाट सांगलातर्फ गइरहेका थिए । बटसेरीको गुंसा छेउ रहेको पुलमा ढुङ्गा खसेपछि टुट्न पुग्यो । यसको चपेटामा पर्यटकीय बस पनि पर्यो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेहरूको परिवारलाई राहत स्वरूप २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।

हिमाचलको किन्नौरमा ढुङ्गा खस्ने क्रममा शनिबारदेखि नै जारी रहेको छ ।