महाराष्ट्रको बाढी पहिरोमा परि १२६ जनाको मृत्यु
९ साउन, रौतहट । भारतको महाराष्ट्र राज्यमा एक दुई दिनदेखि लगातार वर्षा भइरहेको छ । अविरल वर्षा कारण विभिन्न घटनाहरुमा परी १२६ जनाले ज्यान गुमाइसकेका छन् ।
भारतीय प्रहरीका अनुसार वर्षाका कारण ठाणे, रायगढ, रत्नागिरी, सतारा, सांगली र कोल्हापुर गरि विभिन्न जिल्लाहरुका ८ हजार प्रभावित व्यतिmहरुको उद्धार गरिएकोे छ । २०० भन्दा बढी जिल्लाका प्रमुख इलाकासँग सम्पर्कविच्छेद भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्
गोवादेखि महाराष्ट्रका इलाकामा दुई दिनसम्मका लागि रेड अलर्ट जारी गरिएको छ । ६ जिल्लामा एनडिआरएफको १८ वटा टिम खटाइएको छ । ८ टिम सर्तक अवस्थामा छन् भने २ टिम रायगढमा आएको पहिरोबाट भएको क्षतिमा उद्धारमा जुटेका छन् । यसका साथै केहि जिल्लाहरुमा मद्दतका लागि रेस्क्यु अपरेशन समेत सञ्चालन गरिएको छ ।
अविरल वर्षा कारण महाराष्ट्र स्थित रायगढ जिल्लामा आएको पहिरोमा परि मर्नेको संख्या ४४ पुगेको छ । शुक्रबार तलाई गाउँबाट मात्र ३२ शव निकालिएको थियो ।
बिहिवार रत्नागिरीको पोलाडपुर तालुकाको गोवे पञ्चायतमा गएको पहिरोमा ६ जनाको शव फेला परेको छ भने १० घर पुरिएको थियो । १० जनालाई जिवित अवस्थामा उद्धार गरिएको छ । यस्तै पाटन पहिरोमा ३० जना बेपत्ता भएका छन् । ३०० जनाको उद्धार गरिएको छ भने चिपलुको कोभिड अस्पतालमा पानी भरिएपछि ८ उपचाररत बिरामीको मृत्यु भएको छ ।






