जिन्सपाइन्ट लगाएको कारण हजुरबुवाले गरे नातिनीको हत्या
७ साउन, रौतहट । भारतको उत्तर प्रदेश स्थित देवरिया जिल्लामा एक १७ वर्षीय हत्या भएको छ । हत्यारा अरुकोई हाइन् ,उनकै काका र हजुरबुवा हुन ।
नातिनिलाई जीन्स पाइन्ट नलगाउन उनका परिवार जनले दबाव दिदै आएका थिए । नातिनीले जीन्स पाइन्ट लगाएपछि उनका काका र हजुरबुवा मिलि हत्या गरिएको हो ।
लुधियानामा बस्दा जीन्स लगाउने बानी परेकी किशोरीलाई गाउँ फर्केपछि कुर्ता सुरुवाल लगाएर बस्न भनिएको थियो । तर उनले त्यसो गर्न मानिनन् अनि घरमा एकदमै कम बस्ने गर्न थालिन् ।
सोमबार काकाहरु र हजुरबुवासँग घरमा झगडा परेपछि उनीहरुले उनलाई भित्तामा पछारेर मारेका थिए । त्यसपछि उनीहरुले किशोरीको मृत शरिर कास्या पटना राजमार्गमा रहेको पाटनवा पुलबाट फ्याँकेका थिए । तर शरीर पुलको ग्रिलमा अड्किएको थियो ।
घन्टौंसम्म शव पुलमै अडकिएको थियो । पछि बटुवाहरुले देखेर प्रहरीलाई खबर गरेका थिए । हजुरबुवा र टयाम्पुचालक हसनैनलाई बिहिवार पक्राउ गरिएको छ भने काकाहरु फरार छन् ।






