सिरियामाथि इजरायली मिसाइल हमला
७ साउन, रौतहट । इजरायली सेनाले बुधबार मध्य रातिदेखि सिरियामाथि मिसाइल हमला गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
सिरियाको मध्य शहर स्थित होम्समा इजरायली सेनाले सो हमला गरको सिरियाका एक समाचारमा उल्लेख छ ।
सिरियाका समाचार संस्था सानाका अनुसार बुधबार मध्य सिरियाली शहर होम्सको क्वासेर क्षेत्रलाई केन्द्रित गर्दै हमला गरिएको थियो । उक्त क्षेत्रमा सिरियाली सेनाले पनि प्रतिरक्षा गरेर मिसाइल प्रहार गरेको छ । त्यसबारे हाल समाचार प्रकाशित भएको छैन ।
गत सोमबार पनि इजरायलले उत्तरी सिरियाली शहर अलेपोमा आक्रमण गरेको थियो । यस बारे सिरियाले कुनै प्रतिक्रिया दिएको छैन् । सिरियामा अहिले पनि यस्ता हिंसात्मक घटनाहरु जारी रहेको छ । उक्त हिंसाहरुले गर्र्दा आम नागरिकको ज्यान जाने क्रम पनि जारी छ ।






