भारतमा संक्रमण दर बढ्दै

   ६ श्रावण २०७८, बुधबार ११:२७  

६ साउन, रौतहट । भारतमा फेरि कोरोनाबाट संक्रमितहुनेहरुको संख्या बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ४२ हजार १ सय १४ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, यो अवधिमा ३६ हजार ८ सय ५७ जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

त्यसैगरी, बितेको २४ घण्टामा कोरोनाका कारण थप ३ हजार ९ सय ९८ जनाले ज्यान गुमाएका छन् । यो संख्या महाराष्ट्रले यसअघि ज्यान गुमाएकाहरुको संख्या थप गरेपछि बढी देखिएको थियो । त्यहाँ पछिल्लो दिन १४७ जनाको मृत्यु भएको थियो भने ३ हजार ५०९ जनाको पुरानो मृत्युको संख्या थप गरिएको थियो ।