विश्वभर ३ अर्ब ६० करोड भन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप
३ साउन, रौतहट । कोरोनाभाइरस विरुद्ध विश्वभर ३ अर्ब ६० करोड १८ हजार २९५ डोज खोप लगाइएको छ । कोरोना विरुद्धको खोप १० देशले लगाइसकेका छन् ।
चीनमा १ अर्ब ४३ करोड ७६ लाख २३ हजार कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ भने भारतमा ४० करोड ४९ लाख ३१ हजार ७१५ डोज लगाइएको छ ।
सोही क्रममा अमेरिकामा ३३ करोड ६० लाख ७१ हजार ६४० डोज लगाइएको छ । ब्राजिलमा ११ करोड ६४ लाख ८१ हजार ५२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ । जर्मनी ८ करोड ५६ लाख १५ हजार ४३० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । बेलायतमा ८ करोड २६ लाख ४९ हजार ३३१ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।
जापान ६ करोड ६७ लाख १४ हजार ५२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ३३ लाख १९ हजार ८०५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । टर्कीमा ६ करोड २९ लाख ६४ हजार २४१ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ११ लाख २ हजार ९८७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
एएफपी






