भारतकी पहिलो कोरोना पोजेटिभ महिला पुनः संक्रमित

   २९ असार २०७८, मंगलवार १६:४६  

२९ असार, रौतहट । एक महिला मेडिको, जो भारतको आएर पहिलो कोरोना संक्रमित थिइन । उनी पुनः कोभिड–१९ को भाइरसबाट संक्रमित भएकी स्वास्थ्य अधिकारी केरलाको त्रिशुरमा भने ।

त्रिशूर जिल्ला मेडिकल अफिसर डा.केजे रीनाले भारतीय न्यूज एजेन्सी प्रेस ट्रस्ट अफ इंडियालाई भने , ‘उनी कोरोनाबाट संक्रमित छन् । उनको आरटी–पिसिआर सकारात्मक छ , तर एन्टिजेन नकारात्मक छ ।’

उनले प्रेस ट्रस्टलाई बताइन,’ उनी अध्ययनको उद्देश्यले नयाँ दिल्ली जाने तयारीमा थिए । जसको लागि प्ररिक्षण जरुरी थियो । सोहि कारण उनले परिक्षण गराए तर रिपोर्ट भने सकारात्मक आयो ।’

हाल ती महिलाको घरमै उपचार चलिरहेको र उनी सकुशल समेत रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सन् २०२० को जनवरी ३० मा वुहानको विश्वविद्यालयमा तेस्रो वर्षको मेडिकल स्टुडेन्टहरुले कोरोनाभाइरसको परीक्षण गराएका थिए । जसपछि बिदामा उनी घर फर्किन र भारतकै पहिलो संक्रमित महिला बनिन् ।

संक्रमित भएपछि लगभग तीन सप्ताहको उपचार पछि उनी पुनः कोभिड–१९ को परीक्षण गराएकी थिइन् । उनको परीक्षण नतिजा नकारात्मक आएको थियो जस पछि उनलाई बिदा दिइएको थियो ।