अमेरिकाको ध्यान महाशक्ति प्रतिस्पर्धामा केन्द्रित
२८ असार, रौतहट । अमेरिका अफगानिस्तासँग हटेसँगै संसारभरि तालिबान शासनका विषय लिएर चिन्ता उत्पन्न हुन थालेको छ ।
तालिबान, पाकिस्तान र चीन मिलेर भारतको जम्मु कश्मीरमा ठूलो संकट निम्त्याउने आशंका भारतका सुरक्षा निकायहरूले गरेका छन् ।
यसैबीच अमेरिकाका राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट सबै सैनिक फिर्ता बोलाएर चीन र रुसबाट आउने जोखिममा पूरा ध्यान केन्द्रित गर्ने बताएका छन् । अगस्ट ३१ सम्ममा सबै अमेरिकी सैनिक घर फर्केपछि अब अमेरिकाको ध्यान महाशक्ति प्रतिस्पर्धामा केन्द्रित हुनेछ ।
सन् २०१३ को आरम्भमा अमेरिकाले चीन सी चिनपिङको नेतृत्वमा द्रुत गतिमा सैन्य शक्ति बढाइरहेको कुरा थाहा पायो । चीनले दक्षिण चीन सागर, जिबुती र मध्य एसियाका कतिपय स्थानमा सैन्य अड्डा धमाधम बनाइरहेको छ ।
अहिले चीन र अमेरिका ताइवानको विषयमा आमनेसामनेको स्थितिमा छन् ।






