ताजिकिस्तानमा भुकम्प, ५ जनाको मृत्यु
२६ असार, रौतहट । ताजिकिस्तानको पश्चिमी क्षेत्र स्थित केन्द्रविन्दु भएर शनिबार शक्तिशाली भूकम्प आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
आज आएको भुकम्पमा परि कम्तीमा पाँच जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । यो भुकम्प स्थानीय समय अनुसार शनिबार विहान ७ः १४ बजे आएको थियो । उक्त भुकम्प ५.९ म्याग्नीच्युडको रहेको युरोपेली भूगर्भ केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रबिन्दु भएको ठाउँ दसान्वे देखि १६५ किलोमिटर टाढा रहेको समते केन्द्रले जनाएको छ ।
भुकम्पले हालसम्म पाँच जनाको मृत्यु भएको छ भने अरु मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरुले बताएका छन् । केहि व्यक्तिहरु सामान्य घाइते भएका छन् ।
भूकम्प कारण १९ घर भत्किएका छन् । अन्य विवरण संकलन भइरहेको अधिकारीहरुले बताए ।






