१३ वर्षीय बालिकाले बच्चा जन्माइन, सहपाठीले ब्ल्याकमेल गरेकाे खुलासा

   २३ असार २०७८, बुधबार १४:१०  

२३ असार, राैतहट । भारतको पश्चिम बंगालमा सता कक्षामा पढ्ने बालिकाले बच्चा जन्माएकी छन् । १३ वर्षीया बालिकालाई ब्ल्याकमेल गरेर सहपाठीले सम्बन्ध बनाएको खुलासा भएको छ ।

घटनापछि आरोपी सहपाठी आफ्नो परिवारको साथमा बंगादेश भागेका छन् । आरोपीका हजुरबुवा बंगलादेशमा बस्ने गरेका छन् ।

पीडितकी आमाले स्थानीय प्रहरी चौकीमा छोरीको नाबालिग सहपाठीविरुद्ध उजुरी गरेकी छन् । उनले छोरीको अन्तरङ्ग तस्वीरहरू मोबाइलमा राखेर ब्ल्याकमेल गरेको आरोप लगाएकी छन् ।

प्रहरीले घटनाको विषयमा अनुसन्धान थालेको स्थानिय सञ्चारमाध्यमले जनाएकाे छ ।