भारतमा थपिए ५० हजार कोरोना संक्रमित

   १३ असार २०७८, आईतवार १२:२४  

१३ असार, रौतहट । भारतमा बितेको २४ घण्टामा थप ५० हजार ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ हजार २ सय ४८ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोनाका कारण भारतमा ३ लाख ९५ हजार भन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कुल संक्रमितहरुको संख्या ३ करोड २ लाख भन्दा बढी रहेको छ, भने हाल भारतमा उपचाररत कोरोना संक्रमितको संख्या ५ लाख ८६ हजार ४ सय ३ रहेको छ ।

यस्तै, ५७ हजार ९४४ जना भने कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। भारतमा निको हुने दर ९६।७५ प्रतिशत पुगेको जनाइएको छ । एजेन्सी