जनार्दन शर्मा अर्थमन्त्री पदमा नियुक्तपदमा

   १५ श्रावण २०७९, आईतवार १६:३७  

१५ साउन, रौतहट । माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जनार्दन शर्मालाई अर्थमन्त्री पदमा नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।