डीपी अर्यालले लिए सभामुखको शपथ

   २२ चैत्र २०८२, आईतवार १८:०७  

२२चैत, काठमाडौं । नवनियुक्त सभामुख डीपी अर्यालले शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट अर्यालले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सत्तारुढ दल रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुखमा अघि बढाएको हो । एकल उम्मेदवारी परेसँगै उनी निर्विरोध निर्वाचित भएका थिए ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललगायतको उपस्थिति थियो ।