सर्लाहीको भरत ताल छेउमा मानव कङ्काल फेला

   १६ बैशाख २०८३, बुधबार १६:५९  

१६ वैशाख, सर्लाही । सर्लाहीको बागमतीस्थित भरत ताल (माछा पोखरी) छेउमा मानव कङ्काल फेला परेको छ।

बागमती नगरपालिका–१२ स्थित भरत तालदेखि उत्तरतर्फ ढुङ्गा–गिट्टी थुपारिएको स्थानमा कङ्काल बनिसकेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। मंगलबार दिउँसो घाँस काट्न गएका स्थानीयले मानव कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए।

टाउको शरीरबाट अलग भई पूर्ण रूपमा क्षतविक्षत अवस्थामा फेला परेको शव पोस्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ।