वर्ल्डलिङ्क ‘6G Wi-Fi’ (WiFi 6) सेवा : किन र कसरी गर्ने अपग्रेड ?

   १४ बैशाख २०८३, सोमबार १३:३१  

काठमाडौं। नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले ‘6G Wi-Fi’ (WiFi 6) सेवा आधुनिक प्रयोगकर्तालाई छिटो, भरपर्दो र स्मार्ट जडान बन्दै गएको बताएको छ । अहिलेको समयमा इन्टरनेट केवल ब्राउजिङमा सीमित नरही स्मार्ट घर, भिडियो स्ट्रिमिङ, अनलाइन गेमिङ र घरबाट काम गर्ने मुख्य आधार बनेको कम्पनीको विश्वास छ ।

बढ्दो प्रयोगसँगै पुराना वाइफाइ प्रविधिहरू कमजोर हुँदै जाँदा नयाँ पुस्ताको वाइफाइ ६ आवश्यक बनेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यसले प्रयोगकर्तालाई अझ सहज पर्फमेन्स, भरपर्दो कनेक्सन र विभिन्न डिभाइस तथा स्थानमा पहिलेभन्दा मजबुत कनेक्टिभिटी सुनिश्चित गर्नेछ ।

के हो वर्ल्डलिङ्क ६ जी ?

वर्ल्डलिङ्क ६जी वाइफाइ ६ प्रविधिमा आधारित नयाँ वायरलेस नेटवर्क प्रणाली हो, जसले छिटो गति, कम लेटेन्सी र धेरै उपकरण हुँदा पनि स्थिर प्रदर्शन दिने लक्ष्य राखेको छ।

कम्पनीका अनुसार यो प्रविधि पुरानो वाइफाइ ५ भन्दा निकै उन्नत छ र फोरके भिडियो, अनलाइन गेमिङ, इन्टरनेट अफ थिङ्स तथा भिडियो कलका लागि उपयुक्त छ।

वाइफाइ ६ ले सैद्धान्तिक रूपमा ९.६ जिबी प्रति सेकेन्डसम्म गति दिन सक्छ भने व्यवहारिक रूपमा करिब १.५ जिबी प्रति सेकेन्डसम्म स्पिड प्राप्त हुन सक्छ।

यसमा प्रयोग भएका ओएफडीएमए र एमयु–मिमो प्रविधिले एकैपटक २० भन्दा बढी उपकरणलाई प्रभावकारी रूपमा जडान गर्न सक्छन्। यसले विशेषगरी स्मार्ट घर र धेरै सदस्य भएका परिवारलाई सहज बनाउने बताइएको छ।

त्यस्तै, पुरानो प्रविधिको तुलनामा करिब ७५ प्रतिशतसम्म ढिलाइ घट्ने भएकाले अनलाइन गेमिङ र भिडियो कल अझ सहज हुने कम्पनीको दाबी छ।

वाइफाइ ६ ले करिब ४० प्रतिशत बढी कभरेज दिने, ‘बीमफर्मिङ’ प्रविधिबाट घरका सबै कोठामा बलियो कनेक्सन पुर्‍याउने तथा डब्ल्युपिए ३ सुरक्षा प्रणालीमार्फत नेटवर्कलाई सुरक्षित बनाउने सुविधा प्रदान गर्छ।

किन आवश्यक छ अपग्रेड ?

विशेषज्ञहरूका अनुसार अहिलेका घरमा मोबाइल, टेलिभिजन, ल्यापटप, सुरक्षा क्यामेरा लगायत धेरै उपकरण प्रयोग हुने भएकाले पुरानो वाइफाइले सबैलाई सहज रूपमा सपोर्ट गर्न सक्दैन।

वर्ल्डलिङ्क ६जी सेवा विशेषगरी फोरके र एटके भिडियो हेर्ने, अनलाइन खेल खेल्ने, क्लाउड गेमिङ (इन्टरनेट आधारित खेल) गर्ने तथा घरबाट काम गर्ने प्रयोगकर्ताका लागि उपयुक्त मानिएको छ।

कम्पनीले २०० एमबिपिएसदेखि ४००, ५०० र ६०० एमबिपिएससम्मका विभिन्न प्याकेजहरू उपलब्ध गराएको जनाएको छ। प्रयोगकर्ताले इन्टरनेट मात्र वा नेटटिभीसहितको प्याकेज रोज्न सक्नेछन्।

कसरी लिने सेवा ?

वर्ल्डलिङ्क ६जी सेवा लिन इच्छुक ग्राहकले कम्पनीको वेबसाइटमार्फत प्लान छनोट गरी अनलाइन आवेदन दिन सक्छन्। भुक्तानीपछि प्राविधिक टोलीले घरमै फाइबर जडान गरी नयाँ वाइफाइ ६ राउटर सेटअप गर्नेछ।

हालका ग्राहकले पनि ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर अपग्रेड गर्न सक्नेछन्। राउटर परिवर्तनका लागि एकपटक करिब ११३० रुपैयाँ शुल्क लाग्ने बताइएको छ।