बेलायतमा नेपालीको नाममा रेल संचालन हुुने
८ असार, रौतहट । बेलायतको लण्डनमा नेपालीको नाममा बुधबारदेखि रेल सञ्चालन हुने भएको छ ।
दोश्रो विश्व युध्दमा पराक्रम गरेबापद भिक्टोरिया क्रस भिसी पदकद्धारा बिभुषित भएका गोरखा सैनिक तुलबहादुर पुनको नाममा रेल सञ्चालन हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
बेलायतको प्याडिङटन रेलवे स्टेशनमा हुने एक समारोहमा रेलवे सन्चालक ग्रेट वेस्टर्न रेलवेले भिसी पुनको नाममा एक रेल सेवाको नामकरण गर्ने भएका छन।
भिसी पुनले भिक्टोरिया क्रस पाएको ७५ वर्ष पुगेको दिनमै यसरि नेपालीको नाममा रेलको नामाकरण गर्न लागिएको हो । यो रेलले बेलायतको पश्चिमी क्षेत्रमा एक शहरलाई अर्को शहरसित जोड्ने छ।
भिसी पुन दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाउँदा २१ वर्षका मात्र थिए । गोरखा सैनिकहरुले हालसम्म १३ वटा भिक्टोरिया क्रस पाएका छन् । भिसी तुलबहादुर पुनको गत सन २०११ मा निधन भैसकेको छ।






