तालिबानी आक्रमणहरुले २५५ जना अफगानीको लियो ज्यान
४ असार, रौतहट । अफगानिस्तानमा तालिबान समूहले गरेको आक्रमणहरुमा परि २५५ जनाको मृत्यु भएको छ । तालिबानी समूहले बिगत अप्रिल देखि नै विभिन्न आक्रमण जस्ता श्रृंखलाहरु चलाइरहेका छन् ।
अफगानी आन्तरिक मामिला मन्त्रालयका अनुसार तालिबानी समूहद्धारा विभिन्न १५ वटा आत्मघाती हमलाहरु गरिएका छन् भने दर्जनौ अन्य हमलाहरु गरिएका हुन् । यी आक्रमणहरुमा परि २५५ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएको मन्त्रालयले जनाएको छ ।
तालिवानले रमजानपछि मात्र २०० वटा विस्फोट र १५ वटा आत्मघाती हमला गराएको अफगानिस्तानको समाचार एजेन्सीहरुले जनाएको छ ।
अफगानी राष्ट्रपति असरफ घानीले थप ८०० आक्रमणका घटनाहरुलाई सुरक्षा फौजले असफल बनाइदिएको र ८०० भन्दा बढी आतंकवादीलाई पक्राउ गरिएको जानकारी दिएका छन् । सँगै यी आक्रमणबाट थप क्षति हुन नदिन सुरक्षा फौजले खेलेको भुमिका प्रति उनले धन्यवाद व्यक्त गरेका छन् ।
पक्राउ परेकाहरुविरुद्ध आतंकवादी आक्रमण गराएको कसुरमा मुद्दा चलिसकेको र कारबाहीको प्रक्रिया अघि बढेको समेत उनले जनाएका छन् ।






