मुम्बईमा वर्षा कारण भवन ढल्दाँ ११ जनाको मृत्यु

   २७ जेष्ठ २०७८, बिहीबार १५:५७  

२७ जेठ, रौतहट । भारतको मुम्बईमा स्थित मालवानी इलाकामा चार तले भवन ढल्दाँ ११ जनाको मृत्यु भएको छ । मुम्बईमा बुधबार दिनभर वर्षा भयो । त्यसपछि राती ११ बजे उक्त भवन ढल्यो सँँगै अर्को भवनमा पनि ठोक्किएको थियो ।

सो दुर्घटनामा परी १८ जना परेका थिए । जसमध्य ११ जनको मुत्यु भयो । बाँकी ७ जना घाइते भएका छन् । घाइतेहरुको उपचार चलिरहेको अधिकारीहरुले जनाएका छन् । त्यस्तै १५ जनाको थप उद्धार गरिएको छ ।

दुर्घटनापछि अग्नी तथा विपद् नियन्त्रक टोलीले घटनास्थल पुगेर राहत तथा उद्धारको काम सुरु गरेका थिए । मालवानी इलाकामा बाटो सानो भएको कारणले एम्बुलेन्स, दमकल र जेसीभी पनि घटनास्थलमा पुग्न समस्या भएको थियो । दुर्घंटना भएको एम भवनमा तीन परिवार र केही बच्चाहरु पनि समावेश छन् ।

बृहन्मुम्बई नगर निगमले आसपासका तीनवटा भवन पनि खतरा पुर्ण स्थितीमा रहकोले ती सबैलाई पनि खाली गरिएको जनाएको छ ।
मुम्बई र आसपासका इलाकामा बुधबार लगभग दिनभर पानी परेको थियो । जसकारण धेरै इलाकाहरु डुबानमा समेत परेका छन् ।