चीनमा रेल र्दुघटना हुँदा ९ जनाको मृत्यु

   २१ जेष्ठ २०७८, शुक्रबार १५:२७  

२१ जेठ, रौतहट । चीनमा शुक्रबार रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको समाचार ऐेजेन्सीहरुले जनाएका छन् ।

चिनियाँ रेलवे लान्झाउ ब्युरोका अनुसार लान्झाउ–सिनजियाङ रेल्वेको जिन्चाङ खण्डमा शुक्रबार बिहान ५ः २५ बजे रेल दुर्घटना भएको हो ।

प्रहरी र स्थानीय मानिसले रेल दुर्घटनाका मृतक एवं घाइतेहरुको उद्धार गरेका थिए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।