लकडाउन अन्त्य गर्ने भारतीय सरकारको तयारी, संक्रमणदर घट्दै
प्रेम यादव
२१ जेठ, रौतहट । भारतमा पछिल्लो केहि सप्ताह देखि कोरोनाभाइरसको संक्रमित संख्या घट्दै गएको छ । संक्रमणदर घट्दै गएपछि भारतमा लकडाउन अन्त्य गर्ने तयारी हुदैछ ।
भारतीय सञ्चारमाध्यबाट प्राप्त जानकारी अनुसार दोस्रो लहरबाट प्रभावित जनताको जिवन सहज बनाउका लागि कोरोना संक्रमण जोखिम कम भएको राज्यहरुमा लकडाउन खुकुलो पार्न थालिएको छ । मध्यप्रदेशमा आधा कर्मचारी राखेर कार्यालय सञ्चालन गर्ने अनुुमति दिइएको थियो ।
त्यस्तै आजबाट महाराष्ट्रका १८ जिल्लाहरुमा लकडाउन अन्तको घोषणा गरिएकोे छ । भारतीय सरकारले अब चरण वृद्ध तरिकाले बिस्तारै लकडाउन सबै राज्यमा हटाउने तयारीमा लागेका छन् ।
बिहारराज्यमा जारी लकडाउन जुन ८ सम्म भएपनि सरकारले निश्चत मापदण्डको पालना गरि व्यवसायिक गतिविधि गर्न अनुमति दिएको छ । मे महिनामा सुरुवातमा भारतमा संक्रमितदर निकै बढेको थियो भने मेको अन्त तिर संक्रमितदर भने सुधार आएको छ ।
वल्डो मिटरको तथ्याङ अनुसार भारतमा पछिल्लो २४ घण्टामा १ लाख ३१ हजार ३७१ जना कोेरोनाका नयाँ संक्रमित थपिएका छन् । यो वृद्धि सँग भारतमा संक्रमितहरुको संख्या २ करोड ८५ लाख नाघेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा २७ सय ६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यो संगै भारतमा कुल मृत्यु हुने संंख्या ३ लाख ४० हजार नाघेको छ ।
कोरोना भाइरसविरुद्धको खोप दिने कार्य पनि जारी छ । भारतमा बिस्तारै लकडाउनको अन्त हुने अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ ।






