काेराेनाबाट भारतमा ५९४ चिकित्सकहरुले गुमाए ज्यान

   १९ जेष्ठ २०७८, बुधबार ११:३१  

१९ जेठ, राैतहट । भारतमा कोरोना संक्रमणको दोस्रो लहर जारी छ । यसअघि, दैनिक चार लाख नयाँ संक्रमित थपिँदै आएकोमा अहिले संक्रमण दरमा भने केही कमी आएको छ ।

कोरोना संक्रमणकैबीच दोस्रो लहरका क्रममा ५९४ चिकित्सकहरुले ज्यान गुमाएको भारतीय समाचारहरुमा उल्लेख छ ।

रिपोर्टमा सबैभन्दा बढी मृत्यु राजधानी नयाँ दिल्लीमा भएको बताइएको छ । देशको राजधानी दिल्लीमा दोस्रो लहरमा १०७ चिकित्सकहरुको मृत्यु भएको छ ।

दोस्रोमा बिहार रहेको छ । जहाँ ९६ जना चिकित्सकले ज्यान गुमाएका छन् । यस्तै, उत्तर प्रदेशमा ६७ चिकित्सकको मृत्यु भएको छ ।