कोरोनाको उत्पतिबारेको अनुसन्धान ३ महिनामै सकाउन बाइडेनको निर्देशन

   १३ जेष्ठ २०७८, बिहीबार १०:५३  

१३ जेठ, रौतहट । अमेरिकाका राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरसको उत्पत्तिबारेको अनुसन्धान तीन महिना सकाउन गुप्तरचर निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

कोरोनाभाइरसको माहामारी फैलिनु अघि नै चीनको वुहानस्थित प्रयोगशालाका सोधकर्ताहरु बिरामी परेको तथ्य सार्वजनिक भइरहँदा राष्ट्रपति बाइडेनले अनुसन्धान छिटो सकाउन निर्देशन दिएका छन् ।

आफ्नो अनुसन्धान क्षमता बढाएर ९० दिनभित्र आफुलाई ब्रिफिङ्ग गर्न बाइडेनले गुप्तचर तथा कूटनीतिक निकायलाई वक्तव्य मार्फत निर्देशन दिएका हुन ।

पहिलो पटक कोरोनाभाइरस सन् २०१९ को डिसेम्बरको अन्तिममा देखा परेको थियो ।