भारतमा संक्रमणदरमा सुधार, २ लाख ४३७७७ जना मात्र थपिए

   ९ जेष्ठ २०७८, आईतवार ११:२६  

९ ज्येष्ठ, रौतहट । कोरोनाभाइरसको दोस्रो लहरको हटस्पट बनेको भारतमा केही दिन यतादेखि संक्रमणदरमा कमी आएको छ ।

भारतमा लगातार ४ लाख संक्रमित हुँदै आएको थियो तर पछिल्लो २४ घण्टामा २ लाख ४३ हजार ७७७ जनामा मात्र संक्रमण पुष्टि भएको छ । शनिबारको तुलनामा ११ हजारले कमी आएको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो वृद्धिसँगै भारतमा कुल संक्रमितको संख्या २ करोड ६५ लाख २८ हजार ८४६ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा ३ हजार ८७७ जनाको मृत्यु भएको छ । यसैसँग भारतमा हालसम्म कोरोनाभाइरस कारण २ लाख ९९ हजार २९६ जनाले आफ्नो ज्यान गुमाइसकेका छन् ।

भारतको उत्तर प्रदेश सरकारले कोरोना नियन्त्रण गर्ने जारी गरेको कफ्र्यु लम्ब्याएको छ । उत्तर प्रदेशमा ३१ मे बिहान ७ बजेसम्म आंशिक कफ्र्यु लम्ब्याइएको छ ।