महाराष्ट्रमा प्रहरी गरेको कार्वाहीमा १३ माओवादीको मृत्यु
८ ज्येष्ठ, रौतहट । भारतको महाराष्ट्रको एक जिल्लामा प्रहरीको सी–६० कमान्डोसँगको झडपमा १३ माओवादी विद्रोहीको मृत्यु भएको छ । शुक्रबार बिहान महाराष्ट्रको गडचिरोदी जिल्लामा १३ जना माओवादीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
उक्त झडप बिहान ५: ३० बजे इतापाल्लीको कोटमीको जङ्गलमा भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय माओवादी (नक्सवादी) समूहका नेताहरु हुने सूचनाको आधारमा प्रहरीले गरेको कारबाहीमा उनीहरुको मृत्यु भएको गडचिरोलीका उप–महानिरीक्षक संदीप पाटिलले बताएका छन् ।
झडप करिब एक घण्टा चलेको थियो । उक्त झडपमा बाँकी नक्सलवादी लडाकुहरु घना जङ्गलतर्फ भागेको प्रहरीले सा्रेतले जनाएको छ । खोजी अभियान जारी छ ।






