अमेरिकाद्वारा काेराेना विरुद्व ८ कराेड खाेपकाे डाेज दिने घाेषणा

   ४ जेष्ठ २०७८, मंगलवार १३:४४  

४ ज्येष्ठ, राैतहट । अमेरिकाले आगामी ६ सातामा अन्य मुलुकलाई ८ करोड काेराेना विरुद्व खाेपकाे डाेज दिने भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सोमबार यस्तो घोषणा गरेकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।यसअघि नै अमरिकाले ६ करोड डोज कोरोना खोप निर्यातको घोषणा गरिसकेको थियो ।

सञ्चारमाध्यमहरुका अनुसार बाइडेनले घोषणा गरेको उक्त खोप जुनको अन्तिमसम्ममा उत्पादन गर्ने छन् ।

रुस र चीनले अहिलेसम्म एक करोड ५० लाख डोज कोरोना खोप अनुदानमा अन्य मुलुकलाई दिएका छन् ।

बाइडनले कोरोना खोपको विषयमा रुस र चीनको नाम धेरै सुनिएको भए पनि आफूहरु अब खोपमा विश्वको नेतृत्व गर्ने तर्फ अघि बढेको बाइडनको भनाइ छ ।

अमेरिकाले गत मार्चमा क्यानडा र मेक्सिकोलाई ४० लाख डोज अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना खोप दिएको थियो । आगामी दिनमा थप ६ करोड डोज एस्ट्राजेनेकाको खोप अन्य मुलुकलाई दिने अमेरिकाले बताएको छ । यो खोपलाई अमेरिकामा प्रयोगको अनुमति दिइएको छैन ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले कुन मुलुकलाई कति खोप दिइने भन्ने निर्णय भने हुन बाँकी छ ।

एजेन्सी