भारतमा निको हुने संख्यामा वृद्धि हुदै

   ३१ बैशाख २०७८, शुक्रबार १२:१०  

३१ वैशाख, रौतहट । भारतमा कोरोनाभाइरसको बढ्दै गएको संक्रमणदरमा कमी आएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४२ हजार ८९६ संक्रमित थपिएका छन् भने ३ लाख ४४ हजार ५७० निको भएका छन् ।

केहि दिन यता देखि भारतमा मृत्युदरमा समेत कमी आएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९९७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म २ लाख ४२ हजार भन्दाबढी मानिस कोरोना कारण ज्यान गुमाइसकेका छन् ।

कोरोनाको दोश्रो लहरमा सबैभन्दा धेरै सक्रिय संकमितको ९ मे मा थियो जुन अब घटेर ३७ लाख पुगेको छ । बिहिबार यो संख्यामा ५ हजार ७५३ को कमी आएको हो । भारतमा कोरोनाभाइरसबाट निको हुने संख्या २ करोडभन्दा बढी छन् ।