भारतमा थप ३ लाख ५५ हजार संक्रमित, ३ हजार ४३६ को मृत्यु
२१ वैशाख, रौतहट । भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ५५ हजारभन्दा बढीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा कुल ३ हजार ४ सय ३६ जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म २ करोड २ लाख ७५ हजारभन्दा बढी कोरोना संक्रमति भइसकेका छन् भने हालसम्म १ करोड ६६ हजारभन्दा बढी निको भइसकेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ लाख १८ हजारभन्दा बढी निको भई घर फर्कि सकेका छन् ।
हालसम्म २ लाख २२ हजार भन्दा बढी मृत्यु भइसकेको छ । हाल ३४ लाख ४३ हजार को उपार भइरहेको छ ।






