२७ वर्ष पछि विश्वका धनी बिल गेट्स र उनको पत्नीको सम्बन्धविच्छेद
२१ वैशाख, रौतहट । विश्कै धनी एवंम चर्चित बिल गेट्सको उनकी पत्नी मिलिन्डा गेट्ससँग सम्बन्ध विच्छेद भएको छ । विवाह बन्धनमा बाँधिएको २७ वर्षपछि सम्बन्धविच्छेद गरेका हुन् ।
माइक्रोसफ्ट कम्पनीका मालिक समेत रहेका बिल गेट्सले सामाजिक सञ्जालमार्फत पतिपत्नी अलग्गिएको घोषणा गरेका थिए ।
उनले समाजिक सञ्जालमा लेख्छन्, “लामो छलफलपछि हामीले हाम्रो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गर्यौं । हाम्रो सम्बन्धको २७ वर्षमा हामीले आफ्ना ३ सन्तानलाई पालनपोषण गरेर ठूलो बनायौं । हामीले विश्वका उत्कृष्ठ काम गर्नेहरुको लागि कम्पनी तथा विभिन्न र्टष्ट बनाऔं । ”
बिल गेट्सको विवाह सन् १९९४ मा भएको थियो ।






