भारतमा एकैदिन थपिए ४ लाखभन्दा बढी संक्रमित, ३,५२२ जनाको मृत्यु
१८ वैशाख, राैतहट । भारतमा पहिलो पटक एकैदिन ४ लाख भन्दा बढी जनामा कोरोनाभाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
पछिल्लो २४ घण्टामा भारतमा ४ लाख २ हजार ११० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा संक्रमितको दैनिक संख्या ३ लाख नाघेको १०औँ दिनमा ४ लाख पुगेको हो ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ९१ लाख ५७ हजार ९४ पुगेको छ ।
हालसम्म भारतमा १ करोड ५६ लाख ७३ हजार ३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २५६ छ ।
यस्तै त्यहाँ एकैदिन ३५ सय २२ संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ११ हजार ८३५ पुगेको छ ।






