भारतमा २४ घण्टामा ३६ सय भन्दा बढीको मृत्यु

   १६ बैशाख २०७८, बिहीबार १३:४३  

१६ वैशाख, रौतहट । भारतमा बितेको २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट ३ हजार ६ सय ४५ जनाको मृत्यु भएको छ ।

भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ७९ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैसँग भारतमा कुल संक्रमित संख्या १ करोड ८३ लाख नाघेको छ ।

त्यस्तै भारतमा हालसम्म २ लाख ४ हजार ८ सय ३२ जनाले कोरोना संक्रमण कारण ज्यान गुुमाएका छन् ।

भारतकोे विभिन्न राज्यको कुरा गर्ने हो भने मात्र महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ६३ हजार संक्रमति थपिएका छन् । त्यस्तै कर्नाटकमा ३९ हजार भन्दा बढी छन् भने केरलामा ३५ हजार संक्रमित थपिएका छन् ।

भारतमा हाल १५ करोड डोजभन्दा बढीले कोरोना खोप लिइसकेका छन् ।