भारतमा कोरोना दोस्रो लहर,शव जलाउने ठाउँ समेतको अभाव
१५ वैशाख, रौतहट । भारतमा कोरोनाकाे दाेस्राे लहरकाे कारण संक्रमितहरुको शव जलाउने ठाउँ समेतको अभाव भएको छ ।मृत्यु दर बढ्ने क्रम जारी नै छ । भारतमा कोभिड-१९को संक्रमणबाट हालसम्म २ लाख १ हजार १ सय ८७ जनाको मृत्यु भएको छ ।
भारतका कोरोना महमारीका कारण अस्पतालहरु चाप थेग्न नसक्ने भएका छन् । अस्पतालहरुमा अक्सिजन देखि लिएर औषधी र बेडहरु समेतको अभाव भएको छ । कतिपय संक्रमितको अस्पतालमा निधन हुदैछ भने धेरै जसो रोडमै अन्तिम सास लिदैछन् ।
अरु देशभन्दा कोरोनाभाइरस भारतमा सर्ने क्षमता बढी रहेको छ । हाल प्रत्येक तिन मध्य एक मामिलमा भारतमा छ । सन् २०२० को मार्च महिना तिर भारतले आफ्नो नाकाहरु बन्द गरेको थियो । तर पछि गएर १३ देश सँग यात्रा गर्ने घोषणा गरेको थियो ।
कोरोनाको नयाँ भेरिअन्ट जुन पहिलेको भन्दा बढी घातक रहेको छ । हालसम्म विश्वको १८ वटा देशमा कोभिड १९को नयाँ भेरिअन्ट फैलिसकेको छ । भारतमा कोरोनाको नयाँ भेरिअन्ट तिब्र गतिमा फैलिदै छ ।
त्यस्तै भारत अरु देशहरुका लागि खोप उत्पादन गर्दै आएको छ । जब कि आफ्नै नागरिकहरुलाई खोप दिन ढिलाई भएको कारण भारतमा त्यस्तो भयावक स्थिति बन्दै गएको छ । भारत अहिले चरम दवाबमा परेको छ । खोप नियार्तहरु न्यून भएको छ ।
बीबीसीकाे सहयाेगमा






