भारतमा कोरोना बढेसंगै अक्सिजनको अभाव
द नेपाल मिडिया
१३ बैशाख २०७८, सोमबार १२:२१
१३ बैशाख, रौतहट । विश्व व्यापीरुपमा फैलिएको कोरोना माहामारी भातरमा प्रतिदिन नयाँ रेकड कायम गर्दै छ ।
भारतको राजधानी दिल्लीमा कोरोना संक्रमितका कारण अस्पतालहरुमा बिरामीले भरिएसंगै अक्सिजनको अभाव हुने थालिएको छ ।
मानिसहरु अस्पतालका बेड र अक्सिजनका लागि संघर्ष गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अक्सिजन सिलिन्डर भरनका लागि मानिसहरुको लामो लाइन लागेको छ ।
अक्सिजनको लाइनमा बसेकाहरुले हिजोबाट आफूहरु अक्सिजन कुरिरहेको बताएका छन् । सोमबार विहान चार बजे अक्सिजनको ट्यांकर आएपनि मध्याह्न हुँदै लाग्दासमेत आफूहरुले पाउन नसकेको बताएका छन् । एजेन्सी