भारतमा थपिए साढे ३ लाख कोरोना संक्रमित

   १२ बैशाख २०७८, आईतवार १२:५७  

१२ बैशाख, रौतहट । भारतमा पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ४९ हजार ६ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ थपिएका कोरोना संक्रमितहरुसंगै हालसम्म भारतमा संक्रमितहुनेहरुको कुल संख्या १ करोड ६९ लाख नाघेको छ ।
भारतको महाराष्ट्रमा सबैभन्दा बढी ६७ हजारभन्दा बढी जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै उत्तर प्रदेशमा नयाँ संक्रमितको संख्या ३७ हजारभन्दा बढी छ, भने कर्नाटकमा नयाँ संक्रमितको संख्या २९ हजारभन्दा बढी देखिएको छ । यसैबीच, बितेको २४ घण्टामा भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार ७६७ कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १ लाख ९२ हजार ३ सय ११ पुगेको छ ।

भारतमा अहिलेसम्म १४ करोड ९ लाख डोज कोरोनाविरुद्धको खोप मानिसलाई दिइसकिएको छ ।

यस्तै, हाल भारतमा सक्रिय संक्रमितको कुल संख्या २६ लाख ८२ हजार भन्दा बढी नै रहेको छ ।