इराकको एक अस्पतालमा आगलागी, २३ जनाकाे मृत्यु
द नेपाल मिडिया
१२ बैशाख २०७८, आईतवार १२:२९
१२ वैशाख, राैतहट । इराकको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । इराककाे राजधानी बग्दादस्थित इब्न खातिब अस्पतालमा आगो लाग्दा २३ कोरोना संक्रमितको मृत्यु भएको छ भने अन्य दर्जनौँ घाइते भएका छन् ।
अस्पतालमा रहेको अक्सिजन सिलिन्डर पड्केर आगलागी भएको बीबीसीले जनाएकाे छ । अस्पतालमा रहेका १२० बिरामीमध्ये ९० जनाको उद्धार गरी अन्य अस्पतालमा सारिएको छ ।
स्थानीय समयानुसार शनिबार राति लागेको आगो आइतबार बिहान मात्र नियन्त्रणमा आएको थियो ।
घटनालाई दुखद् भन्दै इराकी प्रधानमन्त्री मुस्तफा अल–कदिमीले घटनाको तुरुन्त छानबिन गर्न निर्देशन दिएका छन् । यहाँको मानवअधिकार आयोगले एक विज्ञप्ति जारी गर्दै घटनालाई ‘कोभिड–१९ बाट थकित बिरामीविरुद्धको अपराध’ भनेको छ ।