महाराष्ट्रको अस्पतालमा अक्सिजन नपाउँदा २२ जनाको मृत्यु
द नेपाल मिडिया
८ बैशाख २०७८, बुधबार १६:५२
८ वैशाख, रौतहट । भारतको महाराष्ट्र राज्यको एक अस्पतालमा अक्सिजन नपाउँदा २२ बिरामीहरुको ज्यान गएको छ । महाराष्ट्र राज्यको नासिकमा रहेको डाक्टर जाकिर हुसैनको अस्तपतालमा अक्सिजन सकेर २२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
नासिक नगर निगम आयुक्तका अनुसार २२ जनाको मृत्यु भएको पुष्टि गरिएको छ । अस्पतालमा १ सय ५० जना भर्ना भएका छन् जसमध्य २३ जना भेन्टिलेटरमा राखिएका थिए ।
अक्सिजन चुहावट हुँदा आधा घण्टा सम्म अस्पतालमा अक्सिजन आपूर्ति भएन् । यो घटना ट्याङकरको माध्यमबाट अक्सिजन भर्दै समय भएको हो ।
प्राविधिक इन्जिनियरको मदतमा चुहावट बन्द गरिएको छ । तर अब अस्पतालमा मात्र २५ प्रतिशत अक्सिजन बचेको छ । हामी यो घटनाको जाँच गर्छौ र दोषीमाथि कारवाही गर्छौ । नासिक नगर निगमका आयुक्त कैलाश जाधवले बताउनुभयो ।