भारतमा एकैदिन ३ लाख संक्रमित, २०२० जनाको मृत्यु
८ वैशाख, रौतहट । भारतमा पछिल्लो २४ घण्टामा झन्डै तीन लाख कोरोना संक्रमित थपिएका छन् । यो संख्या हाल सम्मको भन्दा बढी रहेको छ ।
भारतमा बितेको २४ घण्टामा २ लाख ९४ हजार ११५ जनामा संक्रमण पुष्टि भएकाे छ । यति धेरै संक्रमित संख्यासँगै भारतले नयाँ रेकर्ड बनाएको छ ।
दैनिक रुपमा संक्रमण दर सँगै मृत्यु दरमा पनि तिब्रता देखिएको छ । मंगलबार कोरोनाभाइरस संक्रमण कारण २ हजार २० जनाको मृत्यु भएको छ । त्यस्तै कोरोना भाइरसबाट बितेको २४ घण्टामा १ लाख ६६ हजार ५२० जना संक्रमणमुक्त भई घर फर्कि सकेका छन् ।
भारतको महाराष्ट्र, दिल्ली, उत्तरप्रदेश लगायत ११ राज्यहरुको स्तिथि चिन्ताजनक हुन पुगेकोे छ । दिल्लीमा २४ घण्टामा २८ हजार ३९५ जना संक्रमित भेटिएको छ भने उत्तरप्रदेशमा २९ हजार ५७४ र महाराष्ट्रमा ६२ हजार ९७ जना संक्रमित भेटिएका छन् ।
दिल्लीमा सोमबार रातीदेखि एक साताको लागि निषेधाज्ञा जारी गरिएको छ । भारतका सम्पुर्ण अस्पतालहरु अब भर्ने अवस्थामा पुगेको छ । अस्पतालहरुमा बेडको अभाव हुन पुगेको छ ।






