भारतमा कोरोनाको त्रास बढ्दै, दिल्लीमा एक साताको निषेधाज्ञा

   ७ बैशाख २०७८, मंगलवार १३:२१  

७ वैशाख, रौतहट । कोरोनाको दोश्रो लहरले भारतीय जनताहरुमा त्रास बढेको छ । दैनिक रुपमा संक्रमण बढ्दै गएको भारतमा स्थिति अनियन्त्रीत हुन लागेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ७३ हजारमा संक्रमण पुष्टि गरिएको छ । यही बृद्धि सँगै भारतमा संक्रमितको संख्या एक करोड ५० लाख भन्दा बढी पुगेको छ । त्यस्तै बितेको २४ घण्टामा १ हजार ६ सय १९ जनाको मृत्यु भएको छ । भारतमा कुल १ लाख ७८ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

दिल्लीमा कोरोना संक्रमणको तीब्रता जारीनै छ । बितेकाे २४ घण्टामा २३ हजार ६८६ नयाँ संक्रमित थपिएका छन् । साथै पछिल्लो २४ घण्टामा २४० जनाको मृत्यु भएको छ ।

दिल्ली सरकारले सोमबार राती १० बजेदेखि एक साताको लागि निषेधाज्ञा जारी गरेका छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजीवालका अनुसार यस्तो कठिन समयमा दिल्लीलाई बन्द गर्नु बाहेक अरु कुनै उपाए नरहेको उनले बताए । यो निषेधाज्ञा एक साताको लागि मात्र रहने उनले बताए ।

दिल्लीमा अत्यवाश्यक सेवा बाहेक अन्य सबै बन्द भएको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।