फेसबुकले राजनीतिक विज्ञापन पुन खुल्ला गर्ने
२५ फागुन, रौतहट । अमेरिकी राष्ट्रपतिको गत नोभेम्बर चुनावदेखि राजनीतिक विज्ञापन प्रकाशनमा लगाउँदै आएको प्रतिबन्धलाई फेसबुकले हटाउने भएको छ । आगामी बिहिबारदेखि फेसबुकले आफ्नो प्लाटफर्ममा राजनीतिक विज्ञापनलाई खुल्ला गर्ने निर्णय फेसबुकले गरेको हो ।
यो निर्णयसँगै अब फेसबुकमा राजनीतिक अभियानकर्मी तथा राजनीतिक विषयका विज्ञापनकर्ताका लागि विज्ञापन प्रकाशन गर्ने मार्ग प्रसस्त हुनेछ ।
राजनीतिक विज्ञापनका सन्दर्भमा प्राप्त भएका प्रसस्तै पृष्ठपोषणका आधारमा यस्तो निर्णय गरिएको फेसबुकको भनाई छ । राजनीतिक विज्ञापनका सन्दर्भमा कम्पनीको विद्यमान नीतिमा पनि पुनरावलोकन हुनसक्ने फेसबुकको भनाई छ ।
बुधबार एक ब्लग पोष्टमा फेसबुकले भनेको छ : यस विषयमा हामीले प्रसस्तै प्रतिक्रियाहरु सुनेका छौँ र यस चुनावी चक्रका क्रममा राजनीतिक तथा चुनावी विज्ञापनका सन्दर्भमा धेरै कुरा बुझेका छौँ । फलतः हामीले यस्ता विज्ञापनको असर कस्तो हुन्छ भन्ने बारेमा आगामी महिनाहरुमा हेर्नेछौँ र यसले भविष्यमा उक्त विषयमा थप परिवर्तनको खाँचो पनि पर्न सक्नेछ ।
स्मरण रहोस् गुगलले गत हप्ता नै राजनीतिक विज्ञापन माथिको बन्देज हटाइसकेको छ ।
फेसबुकले राजनीतिक विज्ञापनलाई फुकुवा गर्ने विषयलाई निकै गम्भीर रुपमा हेरिएको छ । सिएनएन