लता मंगेशकरलाई कोरोना पुष्टि

   २८ पुष २०७८, बुधबार १२:५६  

२८ पुस, एजेन्सी । लता मंगेशकरलाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।

क्विन अफ मेलोडी भनिने लता मंगेशकरलाई कोरोना संक्रमण भएको कारण हाल मुम्बईको ब्रिच केन्डी अस्पतालमा भर्ना गरिएको छ । ९२ वर्षीया उनलाई उमेरको हिसाबले पनि अस्पतालले भर्ना लिएको भारतीय सञ्चार माध्यमले बताएको छ ।

हाल उनको आइसीयूमा राखेर उपचार भइरहेकोइन्डिया टिभीले जानकारी दिएको छ ।