अमेरिकाले शीतकालीन ओलिम्पिक्स बहिष्कार गर्ने

   २१ मंसिर २०७८, मंगलवार ११:१४  

बीबीसी । अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्सलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने घोषणा गरेको छ ।

चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो।

तर उसले अमेरिकी खेलाडीहरू भने उक्त प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने बताएको छ।
गत महिना अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमवार बहिष्कारको पुष्टि गर्दै अमेरिकी प्रशासनले ओलिम्पिक्सको “उत्सव” मा योगदान नगर्ने बताइन्। नपठाउनुले “स्पष्ट सन्देश दिन सक्ने” महसुस गरेको बताएकी छन्। अमेरिकाले सन् २०२८ मा लस एन्जलसमा ओलिम्पिक्स आयोजना गर्दैछ।

चीनको विदेश मन्त्रालयले अमेरिकी बहिस्कारलाई “नाङ्गो राजनीतिक उक्साहटपूर्ण कार्युको सङ्ज्ञा दिँदै उक्त कार्य “चिनियाँ जनताविरुद्ध अपराधु ठहरिने यसअघि नै बताइसकेको छ।

वाशिङ्टनस्थित चिनियाँ दूतावासले बहिष्कारलाई एक “कपटपूर्ण कार्य र राजनीतिक पहल”को सङ्ज्ञा दिँदै प्रतियोगिताको सफलतामा यसले कुनै असर नपार्ने जनाएको छ।

तर बाइडन प्रशासनको कदमलाई अमेरिकाका दुवै प्रमुख राजनीतिक दलका नेताहरूले प्रशंसा गरेका छन्।

अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्सकी सभामुख न्यान्सी पेलोसीले प्रशासनको निर्णयको स्वागत गरेको बताएकी छन्। तर केही नेताहरूले भने कूटनीतिक बहिस्कार पर्याप्त नरहेको आफूहरूको विश्वास रहेको जनाएका छन्।