जम्मु कश्मीरको मुठभेडमा दुई आतंकवादी मारिए
२२ साउन, रौतहट । जम्मू कश्मीरको राजौरी जिल्लाको थानामण्डी क्षेत्रमा शुक्रबार भएको मुठभेडमा परि दुई आतंकवादी मारिएका छन् । राजौरीको थानामन्डीको जंगल क्षेत्रमा सुरक्षा बल पुलिसको संयुक्त अभियानमा दुई आतंकवादी मारिएका छन् र अपरेशन जारी रहेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमा अनुसार सेना र जम्मु कश्मीर पुलिसको एक संयुक्त टोलीले क्षेत्र घेराबन्दी गरेका थिए । सो क्षेत्रमा आतंकवादीहरुको उपस्थिति रहेको गुप्त जानकारीको आधारमा खोज अभियान सुरु गरिएको थियो । जसमा पछि मुठभेड भयो र उक्त मुठभेडमा परि दुई आतंकवादी मारिए ।
आईएएनएसको एक रिपोर्ट अनुसार आतंकवादी एक ठाउँमा लुकेका थिए र प्रहरीको खोज दलमाथि गोली प्रहार गरे । हालै भएको ड्रोन हमलालाई ध्यानमा राखी सुरक्षा निकायहरु सतर्क छन् ।
भारतीय वायु सेना (IAF) सटेशन जम्मुमा हालै भएको हमलाको प्रकाशमा जम्मु कश्मीमा सुरक्षा एजेन्सीहरु हाई अलर्टमा छन् । दुर्य विस्फोटक पदार्थले भरिएको ड्रोनले जुनमा भारतीय वायु सेनाको बेसमा आक्रमण गरेको थियो । जसमा दुई भारतीय वायुसेनाका कर्मचारी घाइते भएका थिए ।






