अमेरिकामा शक्तिशाली भुकम्प, सुनामीकाे चेतावी
१४ साउन, राैतहट । अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ ।
स्थानीय समयानुसार दिउँसो २.१५ बजे सो भूकम्प गएकोे बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पको केन्द्रविन्दु आपपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।
याे सँगै अमेरिकी सरकारले अलस्काकाे दक्षिण पुर्वमा सुनामीकाे चेतावनी जारी गरिसकेकाे छ । अलस्कामा कुनै बेला सुनामी आउनसक्ने सम्भावना रहेकाे स्थानिय सञ्चारमाध्यमहरुले जनाएकाे छ ।






