अर्बपति सान दावुलाई १८ वर्ष जेल सजाय

   १४ श्रावण २०७८, बिहीबार १५:२८  

१४ साउन, रौतहट । चीनले प्रमुख उद्योगपतिहरुलाई दण्डित गर्दै आएको छ । जस अन्तर्गत हक्की स्वभावका एक प्रसिद्ध अर्वपतिलाई १८ वर्षका लागि जेल सजाय गरेको समाचार एजेन्सी बीबीसीले जनाएको छ ।

जेल सजाय भएका सन दावू उत्तरी हेबेई प्रान्तमा रहेको देशका सबै भन्दा ठुला मध्ये एक निजी कृषि व्यवसाय सञ्चालन गर्दै आएका हुन । सतसठ्ठी वर्षीय दावू विगतमा मानव अधिकार तथा राजनीतिक रुपमा संवेदनशील विषयहरुका बारेमा बोलेका थिए ।

झै झगडा शुरु गरेको र समस्या निम्याएको आरोपमा उनलाई दोषी करार दिइएको छ । उक्त आरोप प्राय : अधिकारकर्मीहरु माथि लगाउने गरिएको छ ।

उनीमाथि लगाइएका अन्य आरोपमा गैरकानूनी रूपमा खेत कब्जा गरेको, राज्यका निकायहरूमाथि आक्रमणका लागि भिड जम्मा पारेको र सरकारी मजदुरहरूको काममा अवरोध पुर्यारएको लगायत छन्। उनलाई ३१ लाख १० हजार युआन जरिवाना पनि तिर्न लगाइएको छ।अर्बपति सनको कम्पनी चीनका ठूला कम्पनीमा पर्छ जुन कम्पनीले मासु प्रशोधनदेखि घरपालुवा जनावरका खाना उत्पादन र विद्यालय तथा अस्पताल क्षेत्रसम्ममा काम गर्छ।

सरकारी स्वामित्वको एउटा फार्मसँग जग्गासम्बन्धी विवादलाई लिएर गत वर्ष नै २० जना आफन्त तथा व्यापार सहयोगीसहित सनलाई गिरफ्तार गरिएको बताइएको छ। समाचार संस्था एएफपीका अनुसार त्यति बेला उनले प्रहरीबाट आफ्ना दर्जनौँ कामदार घाइते भएको बताएका थिए।