पाकिस्तानमा बस दुर्घटना, ३० जनाको मृत्यु ४० घाइते

   ४ श्रावण २०७८, सोमबार १७:०५  

४ साउन, रौतहट । पाकिस्तानको डेरा गाजी खान जिल्लामा सोमवार हाइवेमा एक यात्री बस र ट्रक बीच टक्कर हुँदा करिब ३० जनाको मृत्यु भएको छ ।

मृत्यु हुने मध्ये धेरै जसो ईद–उल–अजहा मनाउन आफ्नो घर पंजाबका लागि निस्केका थिए । यो घटनामा ४० भन्दा धेरै घाइते भएको भारतीय सञ्चारमाध्यहरुले जनाएको छ ।

बस सियालकोट देखि राजनपुरको लागि छुटेको थियो । यो घटना डेरा गाजी खान जिल्ला स्थित बाईपास निर भएको अधिकारीहरुले बताउछन् ।

अधिकारीहरुका अनुसार यात्रीहरु मध्ये धेरै जसो ईद–उल–अजहा मनाउँन आफ्नो घर फर्किदै थिए । दुर्घटनामा परि घाइतेहरुलाई नजिकै अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । अस्पताल पुग्न साथ स्वास्थ्यकर्मीले १८ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

पाकिस्तानका सुचना तथा प्रसारण मंत्री फवाद चौधरीले डेरा गाजी खान निर भएको दुर्घटनामा परि करिब ३० जनाको मृत्यु भएको पुष्टि गरहेका छन् ।