भारतमा थप ३८ हजार १६४ जनामा कोरोना संक्रमण पुष्टि

   ४ श्रावण २०७८, सोमबार १५:४६  

४ साउन, रौतहट । भारतमा थप ३८ हजार १६४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिले सम्म कुल संक्रमित संख्या ३ करोड ११ लाख ४४ हजार भन्दा बढी पुगेको छ । कोरोनाभाइरसबाट हाल संक्रमित संख्या ४ लाख २१ हजार ६६५ रहेको अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा कोभिड–१९ कारण थप ४९९ जनाको मृत्यु भएको छ । कोरोनाभाइरस बाट कुल मृत्यु हुने संख्या ४ लाख १४ हजार १०८ पुगेको मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा ३८ हजार ६६० जना कोरोना मुक्त भएका छन् भने भारतमा कुल तीन करोड ३ लाख ८ हजार ४५३ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ५४ लाख २२ हजार २५६ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १४ लाख ६३ हजार ५३९ जनाको स्वाब परीक्षण जुलाई १७ का दिन भएको छ ।

त्यसैगरी गत जनवरी १६ बाट भारतमा कोरोना भाइरस विरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४० करोड ६४ लाख ८१ हजार ४९३ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ ।