भारतमा थपिए ३९ हजारभन्दा बढी संक्रमित

   १ श्रावण २०७८, शुक्रबार १४:३०  

१ साउन,

भारतमा पछिल्लो २४ घन्टामा थप ३९ हजार ७१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, यो अवधिमा भारतमा थप ३९ हजार ८ सय २७ जना संक्रमणमुक्त भएका हुन् । हाल भारतमा ४ लाखभन्दा बढी संक्रमित उपचाररत रहेका छन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा थप ५ सय ४४ जनाको संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म भारतमा ३ करोड १० लाख २६ हजार ८ सय २९ जनामा संक्रमण पुष्टि भइसकेको छ, भने ४ लाख १२ हजार ५ सय ३१ जनाले ज्यान गुमाएका छन् । एजेन्सी