इराकको एक अस्पतालमा आगलागी ५० भन्दा बढीको मृत्यु
२९ असार, रौतहट । इराकको एक कोरोना आइसोलेशन वार्ड स्थित अस्पतालमा आगलागी हुँदा कम्तीमा ५० जना भन्दा बढीको मृत्यु भएको छ ।
इराकको नसिरिया शहरको दक्षिणमा अल हुसैन अस्पतालको आगलागी सोमबार रातीसम्म नियन्त्रण पाइएको बीबीसीले जनाएको छ ।
आगलागी भएको कारण अहिले प्रष्ठ खुल्न सकेको छैन तर सुरुवाती अनुसन्धानमा आगो एक अक्सिजन ट्याङ्कमा बिस्फोट भएपछि फैलिएको अनुमान गरिएको छ ।
जब सम्म आगलागीको कारण प्रष्ट नभए सम्म इराकी प्रधानमन्त्री मुस्तफा अल–कदिमीले अस्पतालका प्रमुखलाई पक्राउ गर्न आदेश दिएका छन् ।
अस्पतालमा कोरोनाभाइरसका बिरामीहरु थिए । जुन बिरामीका आफन्तले अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन् । अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार प्रहरी र प्रदर्शनकारी बीच झडप समेत भएको खबर प्रकाशन गरेका छन् । ती प्रदर्शनकारी मानिसहरुले प्रहरीका दुई वहानमा समेत आगलागी समेत गरेको खबरमा उल्लेख छ ।
चिकित्सा अधिकारीका अनुसार अस्पतालको नयाँ वार्डमा ७० बेड थिए । जुन तीन महिना अघि नै सञ्चालनमा ल्याइएको थियो । यो आगलागी हुदाँ अस्पतालमा ६३ जनाभन्दा बढी रहेको एक स्थनीय स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।
न्यूज एजेन्सी रोयटर्सलाई अस्पतालका गार्डले भने, ‘मैले सुरुमा कोरोनाभाइरस वार्डभित्र एउटा तेज बिस्फोट सुनेँ र त्यसपछि भीषण आगलागी देखेँ ।’
दुर्घटनापछि घटनाको खोज अभियान अहिले पनि जारी छ ।
इराकका संसद मोहम्मद अल–हलबौसीले ट्वीट गर्दै भने, ‘इराकी जनताको जीवनको सुरक्षा गर्न नसक्नुको यो एउटा स्पष्ट प्रमाण हो । र यो यस विफलतालाई अन्त्य गर्ने समय हो ।’
यसअघि अप्रिल महिनामा बागदादको एक अस्पतालमा पनि एउटा अक्सिजन ट्याङ्क बिस्फोट भएको थियो । उक्त दुर्घटनामा कम्तीमा ८२ जनाको मृत्यु भएको थियो ।
जोन हपकिन्स युनिभर्सिटीको ड्यासबोर्डमा रहेको आँकडा अनुसार इराकमा कूल १४ लाख संक्रमित भेटिइसकेका छन् र कोरोना भाइरसका कारण हालसम्म १७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
बीबीसी






