भारतमा थप ८९५ जनाको मृत्यु

   २७ असार २०७८, आईतवार ११:३३  

२७ असार, रौतहट । भारतमा कोरोना भाइरस संक्रमणका कारण थप ८९५ जनाको मृत्यु भएको छ। योसँगै संक्रमणका कारण कूल मृतकको संख्या ४ लाख ८ हजार ४० पुगेको छ।

भारतमा थप ४१ हजार ५०६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ४१ हजार ५२६ जना संक्रमण मुक्त भएका छन्।

हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख ५४ हजार ११८ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।