क्यानाडाको एक घरमा आगलागी, ४ बच्चा सहित ७ पाकिस्तानीको मृत्यु

   २१ असार २०७८, सोमबार ११:४४  

२१ असार, रौतहट । क्यानाडाको ओटावा शहर स्थित एक घरमा आगलागी हुँदा कम्तीमा चार बच्चा सहित सात पाकिस्तानीको मृत्यु भएको छ । आइतबार क्यानाडा दिवस मनाउने क्रममा बिहान करिब २ः३० बजे आगलागी भएको एक समाचारमा उल्लेख छ ।

प्रहरीका अनुसार क्यानाडा दिवसको उपलक्ष्यमा एक समारोहपछि क्याालगारीको पूर्वमा रहेको चेस्टमेरस्थित एक आवासीय घरमा आगलागी भएको र तीन वयस्क र चार बालबालिका गरि सात जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १२ वर्ष मुनिका बालबालिका रहेको प्रहरीका अधिकृत ट्यामी कैबेलले जनाएका छन् । उक्त आगलागीमा एक बयस्क र चार बालबालिकाले भागेर जीवन बचाउन सफल भएको घर धनी अमजाद कमलले बताए ।

प्रहरीले आगलागीकोे कारणबारे खोजबिन गरिरहेको प्रहरी अधिकृत कैबेलले जनाएका छन् ।