भारतमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या ४ लाख नाघ्यो
१८ असार, रौतहट । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म ४ लाख ३ सय १२ जनाको मृत्यु भएको छ ।वितेको २४ घण्टामा मात्र भारतमा थप ८ सय ५३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
यस्तै, भारतमा पछिल्लो २४ घण्टामा थप ४६ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ४ लाख ५८ हजार नाघेको छ ।






